सत्ता गठबन्धनबाट काठमाडौंको मेयरमा कांग्रेसकी उम्मेदवार सिंहको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।

राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा सहित पुगेकी सिंहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

गठबन्धन दलबीच चुनावी तालमेल हुँदा काठमाडौंको मेयर कांग्रेसले पाएको थियो भने उपमेयर नेकपा एकीकृत समाजवादीले पाएको छ । कांग्रेसमा काठमाडौं उपत्यकाका नेता प्रकाशमान सिंहको पकड छ ।

नेता सिंहकै चाहनाबमोजिम सभापति शेरबहादुर देउवाले उनकी धर्मपत्नी समेत रहेकी नेतृ सिंहलाई कांग्रेसकातर्फबाट मेयर पदको उम्मेदवार बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *