स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सत्ता गठबन्धन सफल : प्रवक्ता महरा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सत्ता गठबन्धन सफल भएको दाबी गर्नुभएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा महराले गठबन्धनका पाँच पार्टीका नेताहरु सफल भएको बताउनुभएको हो । उहाँले एमालेसँग नमिल्ने गठबन्धनको नीति भएपनि कतै मिलेको भन्दै त्यसमा छलफल भइरहेको जानकारी दिनुभयो ।

गठबन्धनले मात्रै मुलुकको राजनीतिलाई स्थायित्वमा लैजाने र संविधानको रक्षा गर्ने उहाँको दाबी  छ । आफूहरुले संघीयताको मर्मलाई ख्याल गरेर अपील मात्रै ल्याएको र आफ्नो विशेषतामा स्थानीय पालिकाले घोषणा पत्र बनाउने बताउनुभयो । मुलुकमा शान्ति स्थायित्व कायम गर्न गठबन्धन सफल हुने उहाँको तर्क छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *