एकीकृत समाजवादीले खोल्यो खाता: डोल्पामा दुई पालिका अध्यक्ष र एक उपाध्यक्ष निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एकीकृत समाजवादी डोल्पाका ६ वटा वडामा निर्विरोध निर्वाचित भएको छ । आगामी वैशाख ३० का लागि उम्मेद्वारको मनोनयन हुने क्रममा डोल्पाका ६ वटै वडाका वडाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

डोल्पाको काइके गाउॅपालिका अध्यक्ष, छार्का तोङसोङ गाउॅपालिका अध्यक्ष र डोल्पोबुद्ध गाउॅपालिका उपाध्यक्ष सहितका ६ वटा वडा रहेका छन् ।

जसमा २ गाउँपालिका अध्यक्ष, १ गाउपालिका उपाध्यक्ष र ६ वडा अध्यक्ष गरी ९ जना पदाधिकारी सहित वडा सदस्यहरु निर्विरोध भएका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पनि निर्विरोध निर्वाचित भएर खाता खोलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *