काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एवं इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नभएको छ ।
खनालले एक शुभकामना सन्देश जारी गर्दै यस्तो लेख्नुभएको छ :
‘मुस्लिम समुदायको महान चाड ईद उल अजहा (बकरईद) को उपलक्ष्यमा सम्पूर्ण नेपाली मुस्लिम समुदायका दाजुभाईहरु तथा दिदीबहिनीहरुमा राष्ट्रिय एकता, सुस्वास्थ, दिर्घायु एव उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
बकर ईद पर्वलाई इस्लाम धर्मावलम्बीहरुले सामुहिक रुपमा भेला भई प्राथना गर्दै मेलमिलापका साथ खुशी साट्दै हर्षोल्लासका साथ मनाउने गर्छन । यस पर्वले इस्लाम धर्मावलम्बीहरु माझ आपसमा मित्रता, भातृत्व र एकता वढाउँछ। वास्तवमा यो पर्वले पनि विविधतामा आधारित नेपाली मात्रको राष्ट्रिय एकता, आस्थागत सहिष्णुतालाई प्रवर्धन गर्न ठुलो मदत गर्दछ ।
अन्तमाः यस महान् पर्वका अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाईहरुमा फेरि पनि सु-स्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, प्रगति, समाजवाद र समृद्धिको बाटोमा दृढता पूर्वक अघि बढ्न म हार्दिक आह्वान गर्दछु ।’