स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी

काठमाडौं । देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ। निर्वाचन आयोगले आज विहान सार्वजनिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७  हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् ।

विवरण उम्मेदवारको संख्या थपिने क्रम जारी छ । देशभरका २९३ नगरपालिकामा ३ हजार २७६ जनाले नगरप्रमुख मेयर) पदमा उम्मेद्वारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाको मनोनयन परेको छ ।

यस्तै  ४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २६४ जनाको मनोनयन परेको छ । २ हजार २९७ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन्  स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us