आईपीएल टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ। मुम्बईमा गएराति भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले हराएको हो ।

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले । पन्जाबका कागिसो राबडा र ऋषि धवनले २/ २ विकेट लिएका छन् ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो । पन्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले ।

चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिएका थिए । पन्जाबको यो चौंथो जित हो । छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ । नवौं स्थानको चेन्नईको यो छैटौं हार हो । चेन्नईले ८ खेलमा ४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us