हेटौडा । स्थानिय रैथाने बिउँको संरक्षण गर्ने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले धान पकेट क्षेत्रमा यान्त्रीक उपकरणहरु बितरण गरेको छ ।
उपमहानगरले हेटौंडा–१७ हटियामा रहेको साना किसान कृषि सहकारी सस्थामा रहेर धान खेतीमा रहेका किसानहरुलाई उपकरण बितरण गरेको हो ।

पकेट क्षेत्रका लागि चालु आर्थिक बर्षमा उपमहानगरले १३ लाख रुपियाँ खर्चेर कार्य अघि बढाएको छ ।
उपमहानगरका नगर प्रमुख मीनकुमारी लामा र हेटौंडा – १७ का अध्यक्ष उद्धव सत्यालले उपकरणहरु बितरण गर्नु भएको थियो ।

उपमहानगरले १ सय ५५ वटा इलेक्ट्रिक स्प्रे, १ सय ६० वटा त्रिपाल, ६ जना किसानलाई हाते ट्रयाक्टर, ५ जना किसानलाई कम्वाइन राईस मिल, १० वटा पानी तान्ते मोटर, २ वटा डिजिटल काटा बितरण गरेको छ ।

उपमहानगरले धान खेतीमा आवद्ध रहेका किसानलाई ४ टन मकवानपुर छोटे र ३ टन रामधान बितरण गरिसकेको छ ।