मनोनयन दर्ता गराउनेहरूको नामावली विवरण रुजु जारी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेहरूको नामावली विवरण रुजु गरिरहेको छ ।  निर्वाचन कार्यतालिका अनुसार त मनोनयन दर्ता सकिएकै दिन रुजु गरिसकेर मनोनयन दर्ता गर्नेहरूको नामावली पनि सार्वजनिक हुनुपर्ने हो । तर, अझैसम्म मनोनयन दर्ता गराउनेहरूको नामावली विवरण रुजु भइसकेको छैन । 

आयोगले अझै समय लाग्ने जनाएको छ । मनोनयन दर्ता भने आइतबार र सोमबार भएको थियो ।   आयोगले मनोनयन दर्ता सकिएकै दिन नामावली सार्वजनिक गर्न भनेर यस पटक दुई दिन समय लिएको दाबी गरेको थियो । जबकि अघिल्ला निर्वाचनहरूमा मनोनयन दर्ताको समय एक दिन तोकिने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us