९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। केही दिनयता सुन र चाँदीको भाउ ओरालो लागेको छ। मंगलबार सुन सोमबारको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साता सोही दिन सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

सो मूल्यमा दिनहुँ गिरावट देखिएको हो। यो साताको पहिलो दिन सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भयो। त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो साताको मंगलबारको तुलनामा आज ९० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us