काठमाडौं। स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २०९ जनाको उम्मेदवारी परेको छ । चार गाउँपालिकाको जनप्रतिनिधिका लागि २०९ जनाको उम्मेदवारी परेको हो । अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एक जनाको मात्र मनोनयन परेको छ ।
मनाङका वडाअध्यक्षका लागि ४८ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलित महिला सदस्यका लागि २२ जना र खुला सदस्यका लागि ८२ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २६ जना, चामे गाउँपालिकामा ४२ जनाको उम्मेदवारी परेको छ । नासों गाउँपालिकामा ६८ जनाको उम्मेदवारी परेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा ७३ जनाको उम्मेदवारी परेको छ ।