इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको विवरण संकलन सुरु

काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहाने इच्छुक नेपालीहरुको विवरण संकलन सुरु गरेको छ ।

तेल अविवस्थित नेपाली दूतावासले सूचना जारी गर्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गरेको हो । स्वदेश फर्किन चाहाने नेपालीहरुले दूतावासले सार्वजनिक गरेको अनलाइन फारम भर्न मिल्ने याे लिंकमा आफ्ना विवरण भर्न सक्नेछन् ।

इजरायल र इरानबीचको युद्ध बढ्दै गएपछि विभिन्न देशले आफ्नो नागरिकको उद्धार कार्य थालेका छन् । इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म नेपालीहरु सकुशल रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *