काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बाेल्दै थापाले भौतिक मन्त्रालयको बजेट र समग्र बजेट नै उल्टो बाटोमा हिँडिरहेको भन्दै बजेट पुस्तक च्यातेका हुन् ।
‘भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन,’ उनले भने, ‘बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन । च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद ।’