नेप्सेमा ०.६३ प्रतिशतले गिरावट

काठमाडौं। साताको तेस्रो दिन दिनभर उतारचढाव देखिएको सेयर बजारमा अन्तिममा बजार परिसूचक नेप्से ०.६३ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको पहिलो कारोबार दिन ९५ अंकको उच्च वृद्धिपछि सोमबार र आज मंगलबार पनि नेप्से लगातार घटेको छ ।

मंगलबार बजार परिसूचक नेप्से १५.०२ अंकले घटेर २३७०.९९ अंकमा बन्द हुँदा ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.७४ अंकले घटेर ४५२.९५ अंकमा बन्द भएको छ । आज बजार परिसूचकसँगै उत्पादनमूलक र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

नेप्से घट्दा कारोबार रकम पनि मुस्किलले एक अर्ब पुगेको छ । आइतबार साढे दुई अर्बमाथिको कारोबार भएको बजारमा सोमबार पनि दुई अर्बमाथिको कारोबार भएको थियो । तर, आज भने बजारमा कारोबार रकम घटेर एक अर्ब चार करोड ६० लाख रुपैयाँबराबरमा सीमित भएको छ । नेप्सेमा ओरालो लागेको र कारोबार रकम पनि लगातार घटेर न्यून हुँदा बजारमा लगानीकर्ताको सक्रियता पनि घटेको प्रस्ट हुन्छ । बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको बजारमा सिद्धार्थ बैंकको सर्वाधिक चार करोड २२ लाखको कारोबार हुँदा अपी पावरको चार करोड सात लाख र नेस्डो समृद्धि लघुवित्तको साढे तीन करोडभन्दा माथिको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us