नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि माग गरेको पद संख्या वृद्धि गरेको छ ।

प्रहरीले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि पहिले माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थप गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

यो सँगै अब कुल १ हजार ८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुनेछ । नयाँ संख्या अनुसार अब खुला प्रतिस्पर्धाबाट ९९३ जना छनोट गरिनेछन् ।

यस्तै, समावेशी कोटामा आदिवासी/जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *