इरानले भन्यो: अमेरिकी हस्तक्षेप अत्यन्तै खतरनाक साबित हुनेछ

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानी जनतामाथि बम विस्फोट भइरहेको अवस्थामा अमेरिकासँग कुनै पनि प्रकारको वार्ता सम्भव नभएको बताएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘इरानी जनता बम आक्रमणको सामना गरिरहेका बेला अमेरिकासँग वार्ता गर्न सकिँदैन ।’अराघचीले यो आक्रमणमा अमेरिकाको सुरुदेखि नै संलग्नता रहेको दाबी गरे, यद्यपि उनले यसको कुनै प्रमाण पेश गरेनन् । उनले कूटनीतिक वार्ताका लागि आफू तयार रहेको बताउँदै भने, ‘इजरायल र इरानबीचको द्वन्द्वमा अमेरिकाको हस्तक्षेप अत्यन्त खतरनाक हुन सक्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानमाथि आक्रमणको योजनालाई स्वीकृति दिएका थिए, तर इरानले आफ्नो आणविक कार्यक्रम त्याग्ने सम्भावना देखिएकाले यो योजना दुई हप्ताका लागि स्थगित गरिएको छ ।

विदेशमन्त्री अराघचीले भने, ‘हामी हाम्रो आणविक कार्यक्रममा सम्झौताका लागि पूर्ण तयार छौँ । कूटनीति विगतमा सफल भएको छ र भविष्यमा पनि हुन सक्छ । तर, वार्ताको वातावरण बनाउन आक्रामकता रोकिनु आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *