एन्फा अन्तर्गतको महिला संघको अध्यक्षमा पेमा डोल्मा लामा निर्वाचित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको महिला संघको अध्यक्षमा पेमा डोल्मा लामा निर्वाचित भएकी छिन्। आज भएको निर्वाचनमा लामाले विमला पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुन सफल भएकी हुन्।

जम्मा ४२ भोटमा लामाले ३६ भोट पाएकी थिइन्। पौडेलको पक्षमा भने ६ भोट मात्र आयो। प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकली उपाध्यक्ष निर्वाचित भए। श्रेष्ठले ३८ भोट, प्रधानले ३५ र हिराचनले ३४ भोल ल्याए। उपाध्यक्षकी अर्की उम्मेदवार रमा भट्टराईले ७ भोट मात्र प्राप्त गरिन्।

७ सदस्य भने निर्विरोध चयन भए। जसमा ब्रिन्दा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिला माया थापा, चन्द्रा भण्डारी र बिना श्रेष्ठ छन्।

आगामी असार ६ गते हुने एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनअघि एन्फा अन्तर्गतको महिला संघमा पनि नयाँ नेतृत्व चयन भएको हो। एन्फा केन्द्रीय निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ।

एन्फा निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघका प्रतिनिधिले मत दिन पाउनेछन्। यस्तै राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब गरी जम्मा ८७ भोटरले मत दिनेछन्। अब तीन जिल्लामा निर्वाचन हुन बाँकी छ। गोरखा, सिन्धुली र सुर्खेत जिल्लाको निर्वाचन हुन बाँकी छ। तीनै जिल्लाको निर्वाचन छलफलपछि तय गरिने एन्फा सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us