प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।

आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिर्ने कार्यसूची छ । महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार विनियोजन विधेयक ०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले सांसदहरुको प्रश्नमा जवाफ दिनेछन् ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, महिला तथा बालबालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।

आज बस्न लागेको प्रतिनिधिसभाको छैटौँ अधिवेशनअन्तर्गतको ३७औँ बैठक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *