शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा भीषण डढेलो

काठमाडौं । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ । 

डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । आगलागी निभाउन हेलिकप्टर समेत प्रयोग गरिएको छ ।  

आगो नियन्त्रणमा लिन तारेभीरमा दमकल र ट्यांकर पनि परिचालन गरिएको उहाँले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *