काठमाडौं । आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौंसहित ३५ जिल्लामा बाढीको जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै आज काठमाडौंसहित देशका विभिन्न ३५ जिल्लाका ठूला तथा साना नदीमा बाढी आउने सम्भावना रहेको बताएको हो ।
मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले यी जिल्लाका नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
साथै झापा, इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुली, बारा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्यागदी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको देखिएकाले ती जिल्लाका नदीका तटीय क्षेत्रमा पनि सामान्य सतर्कता अपनाउन भनिएको छ ।