प्रेम सुनार
गुल्मी । आज बिहान गुल्मीको वाग्लामा विद्युत मर्मत गर्न पोलमा चढेका एक युवकको करेन्ट लागेर ज्यान गएको छ।
धुर्कोट गाउँपालिका-७, वाग्लाका अन्दाजी ३० वर्षिय वसन्त भनेर बोलाईने झविन्द्र घिमिरेको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकृत डिएसपी गङ्गा बहादुर सारुका अनुसार करेन्ट लागेर मृत्यु भएका उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो। मान्छे पोलमा चढाएर विद्युत छाडिएकोले ज्यान गएको भन्दै आफन्तजनले शव बुझ्न नमानेको बताइन्छ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गुल्मी वितरण केन्द्रका प्रमुखले त्यसरी ज्यान गएको भन्ने पुष्टी भईनसकेको बताउनुभयो ।