काभ्रेपलाञ्चोकमा दुई हजार ७७३ जनाद्वारा उम्मेद्वारी

काठमाडौं ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएका छन्।

सोमबार सम्पन्न भएको मनोनयन दर्ताको विवरण स्थानीय तहमा स्थापना भएको निर्वाचन अधिकृतहरूको कार्यालयबाट सार्वजनिक गरेको हो।

जिल्लामा प्रमुख राजनीतिक दलहरु नेकपा एमाले र सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत राना राजनीतिक दलहरूले पनि आफ्नो पार्टीको उम्मेद्वार मनोनयन दर्ता गराएको छ।

एमाले एक्लैले स्थानीय तहमा उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् भने गठबन्धनबाट स्थानीय तहमा भागबण्डा गरी मनोनयन दर्ता गरेका छन् भने वडामा अनुकूलताका आधारमा गठबन्धन गरेको दलहरूले जनाएको छ।

जसअनुसार बनेपा नगरपालिका प्रमुखमा १० जनाले मनोनयन दर्ता गराएका छन्, भने उपप्रमुखमा आठ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लाको पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुख पदमा सबैभन्दा बढी संख्या ११–११ जनाले मनोनयन दर्ता गराएका छन्।

बनेपाको उपप्रमुखमा भने जम्मा तीन र मण्डनदेउपुर नगरपालिकाको उपप्रमुखमा चार जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us