सक्रिय बन्दै काठमाडौं महानगरपालिका वडा नम्बर २९, फोहोर वर्गीकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले फोहोरलाई ‘श्रोतमैं फोहोर वर्गीकरणसम्बन्धी’ अन्तरक्रिया गरेको छ ।
वडाले सोमबार आफ्नै कार्यलय अनामनगरमा सरोकारवाला विभिन्न पक्षसँग अन्तरक्रिया गरेको वडा सचिव शम्भु बरालले बताए । बरालले काठमाडौंमा फोहोर मुख्य चुनौतीको रूपमा रहेको हुँदा यसलाई व्यवस्थापन गर्नेसम्बन्धी अन्तरक्रिया गरिएको जनाए । ‘फोहोर व्यवस्थापनलाई केही हदसम्म सहज र व्यवस्थित गर्न सकिन्छ भन्ने अभिप्रायले वडा कार्यालयले अन्तरक्रिया गरेको हो’ वडाध्यक्ष कुश ढकालले भने ‘फोहोर व्यवस्थापन गर्नै नसकिने कुरा होइन तर सबैले यसमा जिम्मेवारी लिनुपर्छ ।’ कार्यक्रममा सहभागीहरुले फोहोर व्यवस्थापनसम्बन्धी आ–आफ्नो धारणा राखेका थिए । प्राप्त सुझावलाई आधार मानेर आगामी दिनमा फोहोर व्यवस्थापनसम्बन्धी योजना बनाउने पनि वडाले जनाएको छ ।
वडाध्यक्ष ढकालले सामूहिक पहलबाट फोहोर व्यवस्थापन गर्न सकिने भएकाले सबैलाई आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे । वडाले सामाजिक सरोकारका विषयमा पटक–पटक अन्तरक्रिया तथा छलफल गर्दै आएको छ । वडाले आगामी आर्थिक वर्षको बजेटका बारेमा पनि स्थानीय तथा सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । सचिव बरालले वडा सबैको साझा भएकाले यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *