कराँचीमा भएको आत्मघाती बम विस्फोटमा ३ चिनियाँसहित ४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको कराँचीमा भएको आत्मघाती बम विस्फोटमा ३ चिनियाँसहित ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाकिस्तानस्थित कन्फुसियस केन्द्रका निर्देशक र अन्य दुई जना चिनियाँ भाषाका शिक्षक रहेका छन् । उनीहरुलाई लिएर गईरहेको भ्यानका चालक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ।

सो समूहले पाकिस्तानमा हालसम्म गरेको आक्रमणमा महिला आत्मघाती प्रयोग गरेको भने पहिलो पटक हो।यसैबीच पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ। पाकिस्तान सरकारले पाकिस्तानी इतिहासको कायरतापूर्ण घटना भनेको छ।

घटनामा ४ जना घाइते भएका छन्। आत्मघाती विस्फोट गराउने ब्यक्ति महिला रहेको खुलासा भएको छ।पाकिस्तानको पृथकतावादी बलुच लिवरेशन आर्मी बीएलएले घटनाको जिम्मेवारी लिएको छ। पाकिस्तानमा बढ्दो चिनियाँ लगानीप्रति विरोध हुन थालेका बेला चिनियाँहरुलाई लक्षित गरी यो विष्फोट भएको हो।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us