पूर्वराष्ट्रपति भण्डारीद्वारा आजैबाट लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्याग गर्नुभएको छ ।

नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै उहाँले यस्तो निर्णय लिनुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ ।

भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीले प्रदान गर्ने भएसँगै सुरक्षाकर्मीबाहेकका सेवासुविधा उहाँले फिर्ता गर्नुभएको हो ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहको स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *