कुलिङ पिरियडको चलखेलले जनस्तरमा सांसदप्रतिको विश्वसनियता गुमेको छः सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताएका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले यो त्रुटी नभइ बद्मासी भएको र यसको निष्पक्ष छानविन हुनुपर्ने माग गरे । उनले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताए । जनस्तरमा सांसदप्रतिको विश्वसनियता गुमेको बताए । उनले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताए । संलग्नहरुले कारबाही भोग्नुपर्ने बताए ।

उनले भने, ‘यो त्रुटी हो की बद्मासी हो ? षड्यन्त्र हो । यो के हो । सचिवज्युसँग सोध्दा त्रुटी भयो भन्नुहुन्छ । यो गम्भीर गल्ती हो । उहाँहरु कतैबाट गाइड भएर पठाउनुभयो की समितिले दिएको कुरा पठाउनुभयो । यसको राम्रो छानविन हुन जरुरी छ । यो छानविन भएन गम्भीर समस्या ल्याउँछ । अहिले सांसदको लोगो लगाएर हिँड्दा के ऐन बनाउँछन्, पढ्दा पनि रहेनछन् । त्यसै पास भन्दा रहेछन् । यिउ भेडा बाख्रा जस्ता रहेछन् । हाम्रो बारेमा जनताले गर्ने टिप्पणी नै यही हो अहिले । हाम्रो विश्वसनियतामा अत्यन्तै ठूलो ह्रास आएको छ । हामी अविश्वासी भएका छौँ ।’ सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *