‘विप्लव’ नेतृत्वको नेकपाद्वारा सचिवालय सदस्यद्वय ओली र बास्तोलालाई पदमुक्त

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ । बुधवार कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्कासन गरेको हो ।

बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागि रहेकाे बताइएकाे छ। याे कारबाहीसँगै नेकपा फुटकाे संघारमा पुगेकाे छ । स्राेतका अनुसार ओली र बास्तोलाले नयाँ पार्टी दर्ताको तयारीसमेत गरिरहेका छन् ।

पार्टीको ऐतिहासिक बाह्रौं पूर्ण बैठकले राजनीतिक प्रस्तावसहित सबै निर्णय एकमतले गरेको थियो । चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणले देशभरिका बुझाइलाई केन्द्रित र एकरूप बनाएदिएको थियो । तर,सचिवालय सदस्य सुदर्शन र कञ्चनले जनक्रान्तिको भावना विपरीत बैठकका निर्णय र नेतृत्वविरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यममा अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको विप्लव समूहको आरोप लगाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us