काठमाडौं । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ।
लक्ष्मी मावि लंकुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘केही प्रश्नपत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ, यसलाई हामी समीक्षा गर्छौं।’ देशैभर एसइई शान्त रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘विद्यार्थीले राम्रै परिणाम ल्याउँछन्।’ कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो।