काठमाडौं । नेपाल सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिनुभएको हो ।
मंगललबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको बताउनुभयाे ।
प्रवक्ता कार्कीले दिनुभएकाे जानकारी अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ : ३० बजेदेखि र साँझ ५ : ३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ ।