काठमाडौँ । नेकपा (माओवादी केन्द्र) धुर्कोट–काठमाण्डौं सम्पर्क समन्वय समितिको आज सम्पन्न भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ। भेलाले नेपाल प्रहरीका पूर्व डीएसपी तथा कानुन व्यवसायी राजेन्द्र पोख्रेललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
कार्यक्रममा पार्टीका विभिन्न तहबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकले आगामी कार्यकालका लागि अध्यक्ष पोख्रेल सहित उपाध्यक्ष सुरेश पाण्डे , उपाध्यक्ष सुवर्ण खनाल, सचिव जिवलाल खनाल , सहसचिव मञ्जल भण्डारी , सहसचिव सिर्जना पोख्रेल , कोषाध्यक्ष अर्जुन जिसीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरूमा अश्मिता भण्डारी, तिर्थराज पाण्डे, कमल भण्डारी, सन्देश खनाल, प्रसान्त भण्डारी, पदम भण्डारी चयन हुनुभएको छ ।
भेलामा नवनिर्वाचित अध्यक्ष पोख्रेलले सम्पर्क समन्वय समितिलाई सशक्त, जनमुखी र संगठनात्मक रूपमा थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले देश तथा जनताको पक्षमा क्रान्तिकारी विचारधाराका साथ अघि बढ्ने दृढता पनि व्यक्त गर्नुभयो।

पार्टी नेतृत्व, कार्यकर्ता तथा शुभेच्छुकहरूबाट अध्यक्ष पोख्रेलसहित सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना तथा बधाई व्यक्त गरिएको थियो ।