काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार बस्दै छ।
बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।
बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुने ज्वालाले जानकारी दिए।