निर्वाचनमा दलहरुले एउटै मञ्चबाट मत माग्न मिल्ने वातावरण बनाऔँ : गणेश तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा साझा धारणा बनाउन सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

निर्वाचनको समयमा मात्रै दलहरु सक्रिय हुने गरेको भन्दै उनले सधैँ जनता र विकासका लागि काम गर्ने हो भने निर्वाचन केन्द्रित कार्यक्रम आवश्यक नरहेको धारणा ब्यक्त गरे ।बागलुङमा सोमबारदेखि सुरु भएको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरुको एउटै धारणा हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताए । उनले नागरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्न सके अस्पतालको खाँचो नहुने धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us