पाल्पा । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक जना बिरामीले हाम फालेर आत्महत्या गरेका छन्। लडेर घाइते भएका पाल्पाको रामपुर ७ कठानका गंगाबहादुर सोमैले प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।
प्रहरीका अनुसार गत वैशाख ९ गते भाइको घर गएर फर्किँदा घरनजिकैको सडकको नालीमा लडेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो। तर मंगलबार राती उनले आत्महत्या गरेका हुन्। आत्महत्याको कारण भने खुलेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घरनजिकै नालीमा लडेर घाइते भएका ४२ वर्षीय सोमैको अस्पतालमा उपचार भइरहेको थियो। उनले मंगलबार राती अस्पतालको पाँचौं तलाबाट हाम फालेको प्रहरीले जनाएको छ। श्रीमती र छोरी अस्पतालमा कुर्न बसेका थिए।