नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच बिहीवार एकता हुने

काठमाडौैं । नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । बिहीवार दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा पार्टी एकता कार्यक्रम हुने भएको हो ।

एकता कार्यक्रममा अध्यक्ष माधव कुमार नेपाल सहितका शीर्षस्थ नेताको सहभागिता रहने जनाइएको छ । बृहत् वामएकता गराउने उद्देश्य अनुरुप उक्त कार्यक्रम आयोजना गरिएको समाजवादीले जनाएको छ ।

यसअघि पनि विभिन्न्न कम्युनिष्ट पाटीहरुसँगको एकता र बृहत् पार्टी प्रवेश कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us