मधेश प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा

जनकपुरधाम । मधेश प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरिएको छ । बिहीबार साँझ बसेको मधेश प्रदेशको मन्त्रिपरिषद्को बैठकले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मधेसमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ । तर, यसवर्ष वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएकाले मधेस सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको मुख्यमन्त्री सतिश सिंहका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए ।

सरकारले प्रदेशका किसानका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग आग्रह गर्ने निर्णय भएको पनि उनले बतए । उनका अनुसार कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई पनि आवश्यक सहयोग गर्न मधेश सरकारले आह्वान गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगन्जसहित विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *