फुटबल टोलीका कप्तान किरण लिम्बू प्रशिक्षक अल्मुताइरीप्रति असन्तुष्ट

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् ।

खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विबाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन् । हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भने, ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ ।’ 

यसअघि एसियन कप २०२३  छनोटका लागि खेलाडी राखिएको होटेलको बिषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसंग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य ९ खेलाडीले सहमति जनाउदै होटेल सहित टिम अभ्यास सत्र छाडेका थिए ।

यस्तै किरणले जायज माग उठाउदा क्याम्प नै छोड्न लगाउनु सहि नभएको र आफू खेलाडी पक्षमा रहेको धारणा राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us