गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ ‘बुद्ध पूर्णिमा’ देखि व्यावसायिक उडान सुरु हुने

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ ‘बुद्ध पूर्णिमा’ देखि व्यावसायिक उडान सुरु हुने भएको छ ।

विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान ‘क्वालिब्रेसन फ्लाइट’ सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि जजिराले कुवेतमा दैनिक उडान गर्ने तयारी छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ । जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । यता नेपाल एयरलाइन्सको ठूलो जहाजबाट १ वैशाखमा परीक्षण उडान गर्ने तयारी छ । यसअघि एरो थाइको जहाजबाट यो विमानस्थलमा क्यालिब्रेसन उडान गरिएको थियो । सो परीक्षणपछि रुट, लाइटिङ, सञ्चार उपकरणहरुबारे विस्तृत प्रकाशन सार्वजनिक भइसकेको छ ।

अबले वैदेशिक रोजगारीमा जाने धेरै नेपालीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट सिधा उडान गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

सन् २०१४ मा सुरु भएको यो विमानस्थल आयोजना नेपालमा छिटो सम्पन्न हुने राष्ट्रिय गौरवको आयोजनाका रुपमा स्थापित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us