एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। हिजोको तुलनामा बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले मात्र घट्दै आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us