ब्राउन सुगरसहित २ जना पक्राउ

काठमाडौं। झापा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय प्रमोद शाहलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। शाहको घर कोठाबाट प्रहरीले २ ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउन सुगर, नगद ११ हजार ५४० र मोबाइल सेट ७ थान समेत बरामद गरेको छ।

यस्तै, बिर्तामोड नगरपालिका–४ को एक होटलबाट लागुऔषध ब्राउन सुगरसहित मेचीनगर नगरपालिका–१ का ३९ बर्षीय ओम चौधरी पक्राउ परेका छन्। लागुऔषधको ओसार–पसार भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई बुधवार अपराह्न ४ बजे ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us