काठमाडौं । श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो उपस्थिति देखिन्छ।
भगवान शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्।
श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ ।