वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात हामीले गरेका हौं : अध्यक्ष नेपाल

काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गरेको दाबी गर्नुभएको छ ।

आज राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा अध्यक्ष नेपालले २०५१ सालमा केपी शर्मा ओलीले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी गर्नुभएको हो ।

अहिले एमालेको ओली गुटले वृद्ध भत्ता सुरुवात गर्‍यौँ भन्दै हिडेको भन्दै उहाँले वृद्ध भत्ताको सुरुवात गर्नेमा मुख्य भूमिका आफ्नो रहेको दावी गर्नुभयो । ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको उहाँले जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us