एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता

काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज एकता घोषणा भएको छ ।

काठमाण्डौमा आज एक कार्यक्रमका बीच नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्नुभएको हाे । नेता गौतमले एकीकृत समाजवादीमा आउन चार वर्ष लागेको समेत उल्लेख गर्नुभयो ।

एकता कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता झलनाथ खनालले बामदेव गौतमसँगको एकता ऐतिहासिक भएको भन्दै पार्टी एक भएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन नेकपा एकता राष्ट्रिय अभियानसँगको एकता महत्त्वपूर्ण रहेको बताउनुभयाे ।

गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा हुँदै गर्दा उपस्थिति नेता तथा कार्यकर्ताले हुटिङ गरेका थिए । साथै नेताहरूबीच अङ्कमालसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *