‘स्याङ्जा सहयोग समाज’ युएईद्वारा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना

युएई । श्रावण महिनाको सुरुवात देखि हिन्दू नेपालीहरुका महान् पर्वको आगमन सुरु भएको छ। नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै युएईमा तीजको माहोल तातिएको छ। तीजको अवसर पारेर नेपाली मुलका विभिन्न संघ – संस्थाले विशेष कार्यक्रमहरू आयोजना गरेका छन्।

सामाजिक एवं परोपकारी क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको संस्था “स्याङ्जा सहयोग समाज” युएईले यहाँ रहेका नेपालीहरु माझ भातृत्वको भावना जगाउने साथै मौलिकताको संरक्षण गर्ने उद्देश्यले यही अगस्ट १७ (भाद्र १) तारिख आइतबारका दिन हरितालिकाको अवसर पारेर Everest club, Astoria hotel burdubai दुबईमा (युएई) भव्य सांगितिक एवं सांस्कृतिक आयोजना गरेको छ।
संस्थाले आधुनिकताका नाममा पछिल्लो समय तीजमा विकृति भित्रिएको भन्दै मौलिकता बचाउनुपर्ने धारणा राख्दै कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यले वर्षेनी कार्यक्रम आयोजना गर्दै आइरहेको छ। हिन्दु नारीहरुको लागि महान् मानिने यो पर्व तडक–भडक नभई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन सम्पुर्ण युएईवासी नेपालीको साथ सहयोग रहने कुरामा विश्वास छ।
कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय लोकगायक पशुपति शर्मा, लोकप्रिय लोकगायिका जानकी तरामी मगर, लाेकप्रिय लाेक गायिका काेपिला न्याैपाने सहित युएईमा क्रियाशील चर्चित कलाकारहरुको बेजोड प्रस्तुती कार्यक्रमको मुख्य आकर्षण रहेको छ। नेपाली मौलिक चाडपर्वको मौलिकता हराउन नदिन र तीजलाई भड्किलो बनाउन नदिन प्रवासी नेपालीको भावना र भुमिकाले महत्वपूर्ण अर्थ राख्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *