नेप्से १९.९७ अंकले घट्यो

काठमाडौं। प्रिओपन सेसनमा ३.९९ अंकले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको छ । आज सेयर बजारमा गिरावट आएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा झरेको छ । नेप्से परिसूचक ०.८४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा झरेको छ ।
कूल २२६ वटा कम्पनीको ४५ लाख ७४ हजार ५ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय ८ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् । बिहीबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us