पत्रकार यादवलाई धम्की दिनेलाई कडा कारबाही गरियोस्: समाजवादी प्रेस संगठन नेपाल

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले संगठनका मधेश प्रदेश समितिका कोषाध्यक्ष तथा प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि दुव्र्यवहार गर्ने र ज्यान लिने धम्की दिनेलाई कडा कारबाही गर्न माग गरेको छ ।

संगठनका महासचिव रोहित दाहालले सोमबार प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

सिरहास्थित विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्य स्थानबाट बितरण गरिएको विषयमा समाचार लेखेको भन्दै यादवमाथि २०८२ साउन १ गते राति करिब ९ बजे स्थानीय सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालबिहारी यादवले फोनमार्फत गालीगलौज गर्दै ज्यान लिने धम्की दिएको मधेस प्रदेश समितिले जनाएको छ ।

‘समाचारमा असहमति भए कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै धम्की दिनू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो । यस्ता घटना दोहोरिन नदिन तथा पत्रकारलाई दुव्र्यहार गर्ने र धम्की दिनेहरूलाई तत्काल कडा कानुनी कारबाही गर्न माग गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ‘अन्यथा, आन्दोलनका सशक्त कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि दिन चाहन्छौँ ।’

साथै पत्रकार यादवको सुरक्षाको ग्यारेन्टी गर्न पनि समाजवादी प्रेस संगठन नेपालले प्रशासनको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *