सरकारद्वारा २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी

काठमाडाैं । सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ ।

बिहीवार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिनुभएको हो ।

उहाँले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरुबाट विद्युतीय राहदानी जारी कार्य भइरहेको बताउनुभयो । राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उहाँले बताउनुभयो ।

उहाँले राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us