चीनका राष्ट्रपति सि चिनपिङद्वारा संसारमा मानवता मर्दै गएकोमा चिन्ता व्यक्त

काठमाडौं । विश्व महाशक्ति राष्ट्र चीनका राष्ट्रपति सि चिनपिङले संसारमा मानवताको भावना मर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

चीनका लागि नवनियुक्त १६ देशका राजदूतहरुको ओहोदाको प्रमाण पत्र बुझ्दै उहाँले विश्वमा मानवता संकटमा पर्दै गएको धारणा राख्नुभएको हो । चीन मानवताको आधारभूत मान्यतालाई अनुशरण गर्दै सबै देशसँग हितैषी सम्बन्ध राख्न तत्पर रहेको राष्ट्रपति सिले प्रष्ट पार्नुभयो ।

‘पृथ्वीमा जति पनि देश छन्,ती सबैले आन्तरिक द्वन्द्व र युद्धभन्दा माथि उठेर आगामी भविष्यप्रति गहिरो संश्लेषण गर्नुपर्छ’,उहाँले भन्नुभयो,‘सबैभन्दा पहिले मानवताको हितलाई ध्यानमा राख्नुपर्छ,जुन कुरा पछिल्लो समय संकटमा पर्दै गएको छ,चीन सबै देशसँग मानवताको आधारभूत मान्यतालाई अनुशरण गरेर हितैषी सम्बन्ध राख्न चाहन्छ ।’

राष्ट्रपति सिले कतिपय देशले चीनलाई दुश्मन ठाने पनि आफूहरुले कहिल्यै त्यस्तो नसोचेको पनि स्पष्ट पार्नुभएको छ ।

जापानी आक्रमणविरुद्ध चिनियाँ जनयुद्ध र विश्व फासीवादविरोधी युद्धको ८० औँ स्मृति दिवसका सन्दर्भ औँल्याउँदै उहाँले थप्नुभयो, ‘चीनले सधैँ विश्वका सबै जनतालाई मित्रताको मूल्य दिन्छ,आपसी सम्मान,समानता, पारस्परिक लाभ र दुईपक्षीय जितको आधारमा सबै देशसँग सम्पूर्ण क्षेत्रमा सहकार्य गर्न चाहन्छ,वास्तवमा चीन यो पृथ्वी र मानवता बचाउन चाहन्छ ।’जनआस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *