चीनमा तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर अनुदान दिईने

एजेन्सी। छिमेकी देश चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदरको समस्या भोगी रहेको छ ।

उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ । चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ ।

यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म चीन सरकाले घोषणा गरेको हो । चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा गरेको हो।

सरकारी सञ्चारमाध्यमका अनुसार चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाहरूको पालनपोषणमा मद्दत गर्नेछ। जन्मदर बढाउन चीनले लगभग एक दशकअघि एक सन्तान नीति अन्त्य गरिसकेको छ । त्यसपछि पनि जन्मदर घट्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *