काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन आज तुर्कमेनिस्तान पुगेका छन् ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको टोली स्थानीय समयअनुसार दिउँसो २:३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको अवाजा सहर पुगेको हो । उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका मन्त्रिपरिषद् उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे ।
साउन २० देखि २३ गतेसम्म (५-८ अगस्ट) अवाजा सहरमा आयोजना हुने यस सम्मेलनमा प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सहभागी भएका हुन् ।