काठमाडौं। सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेको छ ।
हिजो बिहीबार तोलाको ९८ हजारमा कारोबार भएको सुन आज हप्ताको अन्तिम दिन तोलामा १२ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने यथावत रहेको महासङ्घले जनाएको छ । आज चाँदी हिजो जस्तै तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।