उत्तराखण्ड बाढीमा ७ नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा बादल फाट्दा आएको भीषण बाढी र पहिरोमा परि ७ जना नेपालीको मृत्यु भएको छ ।

जाजरकोटको कुशे गाउँपालिका–२, डोब्री पिपलधाराका एकै परिवारका ५ जना, जुम्लाका १ र रुकुम पश्चिमका १ जना गरि ७ नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा ४२ वर्षीय कर्णबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह, १७ वर्षीय रबिन सिंह र ३५ वर्षीय निमबहादुर सिंह रहेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

यस्तै जुम्लाको तातोपानी गाउँपालिका कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक जनाको पनि सोही घटनामा मृत्यु भएको छ । नाम नखुलेका व्यक्ति मृतक मानबहादुरका ज्वाइ रहेकाे बस्नेतले बताए ।

घटनामा ज्यान गुमाएका मानबहादुर सिंहका छोरा नवीन सिंह उक्त घटनामा बाँच्न सफल भएका छन् । गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार बाँच्न सफल नवीनले आफन्तलाई खबर गरेपछि उनीहरूकाे मृत्युबारे यकिन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *